एजेन्सी । अबदेखि संयुक्त राष्ट्र संघमा टर्कीलाई ‘टर्किए’ नामले चिनिने भएको छ । मुलुकको नाम परिवर्तनका लागि अंकाराले संयुक्त राष्ट्र संघसंग औपचारिक अनुरोध गरेको हो ।
गत वर्षको उत्तरार्धमा टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले चालेको नयाँ रिब्रान्डिङ अभियानको एक अंशको रूपमा थुप्रै अन्तर्राष्ट्रिय निकायहरूलाई नाम परिवर्तन गर्न आग्रह गरिने भएको छ ।
राष्ट्रपति एर्दोगानले गत डिसेम्बरमा भनेका थिए, “टर्किएले तुर्केली जनताको संस्कृति, सभ्यता र मान्यतालाई उत्कृष्ट ढंगले प्रतिनिधित्व र अभिव्यक्त गर्दछ ।”
संयुक्त राष्ट्र संघले यसैसाता यससम्बन्धी अनुरोधपत्र प्राप्त हुनासाथ नाम परिवर्तनको पहल गरिएको जनाएको छ । हुन त अधिकांश टर्कीका जनतामाझ आफ्नो मुलक ‘टर्किए’ नामले चिरपरिचित छ ।
Leave a Reply