Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • विपरित वैचारिक-राजनीतिक धरातलका दलहरूवीचको गठबन्धन मोलतोलको साधन मात्र हुन्छ : बाबुराम

    विपरित वैचारिक-राजनीतिक धरातलका दलहरूवीचको गठबन्धन मोलतोलको साधन मात्र हुन्छ : बाबुराम

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 957
    SHARES

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धन सधैं हिलोको किलो झैं हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने टिप्पणी गरेका छन् ।

    बिहीवार राति सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै डा. भट्टराईले विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूवीच भगत गणितीय आधारमा बन्ने गठबन्धन मोलतोलको साधन मात्र हुने बताएका हुन् ।



    उनले दिगो लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धिका निम्ति गम्भीर भएर विकल्प सोच्न समेत अपिल गरेका छन् । उनले विपरित वैचारिक तथा राजनीतिक धरातलमा उभिएका दलहरूबीच केवल गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने उल्लेख गरेका छन् ।



    ‘विपरित वैचारिक(राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ । त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन । दिगो लोकतान्त्रिक स्थिरता,सुशासन,समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोचौं,’ उनले ट्वीटरमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार