Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम २२ गते प्रस्तुत हुने

कैलाली । सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते ल्याउने भएको छ ।

सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशनअर्न्तगत पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जेठ २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।

बिहिबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिएका थिए।

सभामुख थापाले भने - ‘प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश प्रमुखद्धारा प्रस्तुत हुने भएकाले उक्त समयसम्मका लागि यो अधिवेशन स्थगित भएको सभामा जानकारी गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077