Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

    पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा उच्च अदालत पोखरामा बहस सकिएको छ । एक नाबालिग गायिकालाई बलात्कार गरको आरोपमा अभिनेता शाह पुर्पक्षका लागि थुनामा छन् ।

    बिहीबार अभिनेता शाहतर्फका र सरकारी वकिल दुबैतर्फको बहस सकिएको हो । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा बहस सकिएको हो । धरौटीमा छोड्ने वा थुनामा पठाउने भन्ने आदेश आउन बाँकी छ ।



    बलात्कार आरोपमा उजुरी परेपछि गत फागुन ११ गते शाहले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए । उनीविरुद्ध तनहुँ र नवलपरासीमा उजुरी परेको थियो। दुबै अदालतले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएका थिए ।



    त्यसपछि पुर्पक्षका लागि थुनामा रहेका शाहले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार