Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ४० लाख मूल्य बराबरको अवैध सामानसहित भारतीय ट्याक्टर नियन्त्रणमा

    ४० लाख मूल्य बराबरको अवैध सामानसहित भारतीय ट्याक्टर नियन्त्रणमा

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 984
    SHARES

    विराटनगर  । प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ ।

    को मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।



    उक्त ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायत छ । उक्त सामानको मूल्य ४० लाख बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ ।



    उक्त सामान अवैध तरिकाले राजस्व छलि गरी विराटनगरबाट इटहरीतर्फ लाने तयारी भएको थियो । ट्याक्टर चालक भारत अरेरिया जोगवनी १० टिकुलीका ३४ वर्षीय श्याम चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    चालकसहित ट्याक्टर र सामान आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार