काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन् ।
औपचारिक निर्णय भइनसकेको भए पनि यही जेठ २८ गतेदेखि भ्रमण हुने तयारी छ ।
दुवै तर्फबाट भ्रमणका एजेन्डाका विषयमा काम भइरहेको छ ।
परराष्ट्र मन्त्रालयमा पनि भ्रमणका एजेन्डाका विषयमा तयारी भइरहेपनि प्रधानमन्त्रीको भ्रमण तयारीबारे बालुवाटार स्रोतले पुष्टि गरेको छ । मिती भने फिक्स भइनसकेको स्रोतले बतायो ।
अहिले नेपाल–अमेरिका मैत्री सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा उनले अमेरिकाको भ्रमण गर्न लागेका हु्न् ।
Leave a Reply