Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका सातैजनाको सामूहिक अन्त्येष्टि

काठमाडौं । आइतबार तारा एयरको विमान दुर्घटनामा धनुषाका नाताभित्रकै सात जनाको मृत्यु भएका सातैजनाको स्वयम्भू क्षेत्रमा सामूहिक अन्त्येष्टि गरिएको छ।

दुर्घटनास्थलबाट शव संकलन गरी त्रिवि अस्पतालमा ल्याएर पोष्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बुझाइएको थियो।

दुर्घटनामा परी धनुषाको लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ, पत्नी ७१ वर्षीया सुकमाया तामाङ,  दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको थियो।

यसैगरी मकरबहादुरका बहिनी र ज्वाइँ तुलसादेवी तामाङ र  पुरुषोत्तम गोलेको पनि मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077