Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेटमा अर्थमन्त्री समक्ष गगन थापाको आठ प्रश्न र दुई सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वर्ष २०७९/८० को बजेटमा अर्थमन्त्री समक्ष आठ प्रश्न र दुई सुझाव राखेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै थापाले बजेटको आकार, स्रोत व्यवस्थापन, खर्च, पारदर्शिता लगायतका आठ विषयमा जिज्ञासा राखेका थिए ।

कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने स्पिरिटका साथ बजेट ल्याएको भन्दै उनले अर्थमन्त्रीलाई धन्यवाद दिए । त्यसलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले आजैदेखि काम गर्नुपर्नेमा उनले जोड दिए ।

बजेटमा उल्लेखित उत्पादन र उपभोग वृद्धि गर्ने कुरा राम्रो भएको भन्दै थापाले यसमा उद्योग मन्त्रालयले नेतृत्व लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077