Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकमा बिहीबार पनि बजेटमाथि छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बिहीबार पनि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी रहने भएको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आर्थिक वर्ष २०७/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ। बजेटमाथि छलफल सम्पन्न गरेको राष्ट्रियसभा बैठकमा आज एउटा संकल्प प्रस्ताव र एउटा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

यस्तै सांसद देवेन्द्र दाहाल प्रस्तावक र भैरव सुन्दर श्रेष्ठलगायतका सांसद समर्थक भई सूचना गरेको ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077