Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया

काठमाडौं । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ ।
चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि हुन नसकेको जनाईएको छ ।

कलेजका मुटु शल्य चिकित्सक डा.अनिल आचार्य नेतृत्वको टिमले ८ घण्टा लगाएर गत जेठ ६ गते एक किलोको बच्चाको अप्रेशन गरे ।

अप्रेसन सफल भएपछि एक दिन अस्पतालमा राखेर जेठ ८ गते बच्चालाई पुनः भरतपुर अस्पतालमा पठाइएको आचार्यले बताए ।

चिकित्सकका अनुसार बालिकाको मुटु र फोक्सोको बीचमा भएको नली बच्चा जन्मिएपछि बन्द हुनुपर्नेमा नभएर मुटु ठूलो हुने, फोक्सोमा पानी र संक्रमण पनि बढी भएको डा आचार्यले बताए ।अहिलेसम्म बच्चामा संक्रमण नदेखिएको र बच्चाको तौल पनि बढेर १२ सय ग्राम पुगेको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077