Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • अभिनेत्री मिरुनाले भनिन् – धर्म वा समाजविरुद्ध होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ

    अभिनेत्री मिरुनाले भनिन् – धर्म वा समाजविरुद्ध होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । कबड्डी-४ की अभिनेत्री मिरुना मगरले आफूले धर्मविरुद्ध नएर दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी छन् । मगरले गतसाता भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर प्रष्टीकरण दिएकी हुन् । सामाजिक संजालमार्फत वक्तव्य जारी गर्दै उनले घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना गरेकी हुन् ।

    नायिका मिरुनाले फिल्म हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् । तामाङले दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मिरुनाले प्रहरीमा उजुरी गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए ।



    उनले भनेकी छन्-‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।’



    अन्यायविरुद्ध लड्न अहिले कठिन भएछि भोलिका दिनमा अवश्य परिवर्तन हुने मिरुनाले विश्वास व्यक्त गरेकी छन् । उनले लेखेकी छन्-‘कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।’ गलत दुर्व्यवहारकाविरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपिल पनि गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार