Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कारको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

    कारको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    चितवन । पूर्वी चितवनको खैरहनीमा भारतीय नम्बरको कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन्।



    पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय नम्बरको कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।



    लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कार चालक प्रहरीको नियन्त्रणमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार