Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने, बजेटमाथिको सैद्धान्तिक छलफल जारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी रहनेछ ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् ।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077