अछाम । जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसले ललित कुँवरलाई उम्मेदवार बनाएको छ ।
कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर र प्रदेश महामन्त्री मेघराज खड्काले जिल्लाबाट सिफारिस भएका कुँवरलाई उम्मेदवार बनाएका हुन्।
उनी जिल्लामा कांग्रेसका पुराना नेता र किसान संघका जिल्ला अध्यक्ष पनि हुन् । यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा दानमती बम शाही उम्मेदवार बनकी छन्।
अछाममा कांग्रेसको जिल्ला समन्वय समिति एकल बन्न सक्ने अवस्था छ । १० स्थानीय तह रहेको अछाममा कांग्रेस एक्लैको ११ मत छ ।
Leave a Reply