काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नवनिर्वाचित सबै जनप्रतिनिधिलाई सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् । उनले पार्टीका सबै जनप्रतिनिधिलाई आफ्नो सम्पति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने बताए ।
‘स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानुनमा छ कि छैन थाहा छैन तर सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्छ’ श्रेष्ठले भने, ‘कानुनले २ महिना भनेको छ भने एक महिनामै सम्पति सार्वजनिक गरौं । हरेक ६ महिना वा एक वर्षमा सम्पति कति हुन्छ त्यो पनि सार्वजनिक गरौं ।’
सम्पति सार्वजनिक गर्ने बेलामा अन्त पनि छ भन्ने सुन्न नपाइयोस् भन्दै उनले पारदर्शी बन्न निर्देशन दिए ।
Leave a Reply