काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मेयर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले काठमाडौँको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौँको विकासका लागि केन्द्र, प्रदेशबाट सहयोग हुने देउवाले बताएका हुन् ।
देउवाले ”तपाई ले चमत्कार गर्नुभयो.. म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ।। मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ। महानगरको कार्यपालिकामा नि काँग्रेस को बहुमत छ बिकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला।। केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबै बाट सहयोग हुनेछ।” भनेका छन् ।
Leave a Reply