काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताएका छन् ।
माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण प्रशिक्षण दिने क्रममा बुधबार दाहालले स्थानीय तह निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनाएर जनताले शंका पनि व्यक्त गरेको र आशा पनि राखेको बताका हुन् ।
दाहालले जनताका काम गर्नुपर्ने बताउदैँ, ‘हाम्रो पार्टीप्रति जनताको मोहभंग भइसकेको स्थिति छैन । तर यिनीहरू पनि विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा छ । जनताले मुलुकको राजनीतिको चाबी माओवादीको हातमा राखिदिएको जस्तो छ । माओवादी सच्चिएर अगाडि आओस् भन्ने जनताको चाहना छ,’ उनले भने ।
जनप्रतिनिधिलाई जनताको बीचमा पठाउनका लागि पार्टीले निर्देशिका नै जारी गर्ने अध्यक्ष दाहालको भनाइ थियो । उनले पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार निर्देशन दिइएको निर्देशिका तयार हुने र त्यसैअनुसार स्थानीय तहमा जनप्रतिनिधिले काम गर्नुपर्ने निर्देशन दिएका छन् ।
Leave a Reply