काठमाडौं । बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताएकी छन् ।
बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बलात्कृत महिलालाई तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाहको दायित्व सरकारको हुनुपर्ने बताएकी हुन् ।
उपाध्यक्ष पौडेलले महिलामाथिको बलात्कार हिंसाको कारबाहीलाई छिटो टुंग्याउन पारिवारिक वा फास्ट ट्रयाक अदालत गठन गर्नुपर्ने र त्यसका लागि बजेटमा रकम विनियोजन हुनुपर्ने पनि बताइन् ।
उनले उत्पीडित महिलाहरुलाई सहयोग र संरक्षणका लागि सरकारले महिला सहायता कोष निर्माण गर्नुपर्ने पनि धारणा राखिन् ।
Leave a Reply