Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आगामी आर्थिक वर्षको बजेटमाथि बुधबार पनि सैद्धान्तिक छलफल हुँदै

काठमाडौं । सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि बुधबार पनि छलफल हुँदैछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

मंगलबारदेखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो र यो क्रम बुधबार पनि जारी रहने छ ।

मंगलबारको छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको वचाउ गरेका थिए । भने प्रतिपक्ष नेकपा एमाले सांसदहरुले भने चुनाव लक्षित, प्रचारमुखी र स्रोतको व्यवस्थापन नभएको भन्दै बजेटको आलोचना गरेका थिए ।

एमालेले आउँदो संघीय निर्वाचनमा मत माग्नेगरी सरकारले बजेट ल्याएको टिप्पणी गरेको हो । बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको एमालेको निष्कर्ष छ । ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्नेगरी प्रस्तुत हुन निर्देशन समेत दिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077