Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • माओवादीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रचण्ड लगायतका नेताले विशेष प्रशिक्षण दिने

    माओवादीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रचण्ड लगायतका नेताले विशेष प्रशिक्षण दिने

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यसहित माओवादीले नवनिर्वाचित जनप्रतिनिधिका लागि दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

    बुधबार र बिहीबार राजधानीमा प्रशिक्षण आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिनेछन् ।



    प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन् ।



    पार्टीका शीर्ष नेता एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासक लगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ।

    उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार