काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गरेकी छन् ।
अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा पुगेकी भण्डारीले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित पुरातात्विक एवं ऐतिहासिक काँक्रेविहारको भ्रमण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न जरुरी रहेको धारणा राखिन् ।
साथै उनले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे पनि आफ्ना भनाई राखेकी थिइन् । राष्ट्रपति भण्डारी मंगलबार सुर्खेतमै वास बस्ने र बुधबार बाजुराको बडिमालिका दर्शनका लागि जाने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।
Leave a Reply