Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कार्यव्यवस्था र संसदीय समितिमा हेरफेर

    कार्यव्यवस्था र संसदीय समितिमा हेरफेर

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 915
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूको हेरफेर र पदस्थापन भएको छ ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा सदस्यहरूको चयन र मातहतका संसदीय समितिमा सदस्यको छनोट र हेरफेर गरेका हुन् ।



    प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य भएका छन् । सांसदहरूको छनोट र संसदीय दलले पठाएको नामअनुसार सभामुखले समितिमा राखेका हुन् । ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बस्न रुचाएपछि उनलाई त्यहाँ राखिएको हो ।



    ओली यसअघि प्रधानमन्त्री भएकाले संसदीय समितिमा सांसदका रूपमा थिएनन् । प्रधानमन्त्री सबै समितिमा पदेन सदस्य हुने व्यवस्था थियो । तर, प्रधानमन्त्री पदमा रहेसम्म ओलीले संसदीय समितिमा उपस्थिति जनाएका थिएनन् ।

    राज्यव्यवस्था तथा सुशासन र संसदीय सुनुवाइ समितिले ओलीले प्रधानमन्त्रीका रूपमा बैठकमा बोलाए पनि उनी त्यहाँ गएका थिएनन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार