Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलको मुद्दा हेर्न नमिल्नेमा

    आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलको मुद्दा हेर्न नमिल्नेमा

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा हेर्न नमिल्ने भएको छ । यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदनपनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो ।

    तत्कालीन डीआईजीहरु धिरज प्रताप सिंह, रवीन्द्र धानुकको एआईजीमा बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । सो रिट र अहिले पोखरेलले आईजीपी धिरजप्रताप सिंहविरुद्ध दायर गरेको रिट एकै इजलासमा राखिएपछि मुद्दा हेर्न नमिल्ने भएको हो ।



    मंगलबार मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वरम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।



    वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार