Online Nepal
  • बुधबार, १० पुष २०८१
  • तारा एयर विमान दुर्घटना : २२ जनाकै शव भेटियो, थप १२ शव काठमाडौं ल्याउने तयारी

    तारा एयर विमान दुर्घटना : २२ जनाकै शव भेटियो, थप १२ शव काठमाडौं ल्याउने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । तारा एयरको विमान दुर्घटनामा हराइरहेको एउटा शव पनि भेटिएको छ । तारा एयरको ९ एनइटी जहाज दुर्घटना भएको तेस्रो दिन बिहान बेपत्ता एउटा शव भेटिएको हो ।

    योसँगै जहाजमा सवार २२ जनाकै शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सोमबारसम्म २१ जनाको शव भेटिएकोमा मंगलबार बिहान थप एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए ।



    खोँचमा अड्किरहेको अवस्थामा शव फेला परेको उनले बताए । दानीका अनुसार थासाङ–२ को सानसुरेमा रहेको घटनास्थलबाट १० वटा शव कोबाङ ल्याइएको छ । खराब मौसमका कारण समाचार तयार पार्दासम्म २ वटा शव घटनास्थलमा नै रहेको छ । बाँकी दुईवटा शव ल्याएपछि १२ वटा नै शव काठमाडौँ लग्ने तयारी रहेको प्रहरीले जनाएको छ ।



    योसंगै तारा एअर जहाज दुर्घटनामा परेका सबै जनाको शव संकलन गर्ने काम सकिएको डिएसपी दानीले बताए । सोमबार १० वटा शव काठमाडौँ ल्याइएको छ ।

    तीनजना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार