Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते बनेकी श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

काठमाडौं । श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको गएराति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार सोमबार राति ११ः५० मा माझीको उपचारका क्रममा मृत्यु भएको हो । चितवनको खैरहनी नगरपालिका १० काठार मुसहरबस्तीकी माझिको यौनाङ्‍ग र मलद्वारबीचको खाली भाग च्यातिएको थियो ।

माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटना लगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077