Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलले आफ्ना नागरिकलाई भन्यो : टर्कीको यात्रा नगर्नू

एजेन्सी । इजरायलले आफ्ना देशका टर्की भ्रमण नगर्न चेतावनी दिएको छ । इरानले गत हप्ता इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) का एक वरिष्ठ अधिकारीको हत्याको बदला लिन सक्ने भएकाले यस्तो चेतावनी दिइएको हो ।

इजरायलको राष्ट्रिय सुरक्षा परिषद् काउन्टर टेररिज्म ब्युरोले तेहरानले टर्कीमा इजरायली पर्यटकहरूलाई आक्रमण गर्न खोजिरहेको हुन सक्छ भन्दै यसलाई ुअहिले उच्च स्तरको जोखिमु भएको देशको रूपमा चित्रण गर्दै सो चेतावनी दिएको हो।

इरानसँग सीमा जोडिएका अन्य देशहरूमा पनि उच्च खतराको स्तर रहेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ,'विश्वभर इजरायली लक्ष्यहरूमा आक्रमण गर्ने इरानको प्रयासको बारेमा सुरक्षा प्रतिष्ठानमा बढ्दो चिन्ता छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077