Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ

    दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1K
    SHARES

    एजेन्सी । सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए ।

    केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । उनको घरमा इडीले छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो ।



    दिल्लीको गृह तथा स्वास्थ्य विभागको साथसाथै जैनसँग दिल्लीको ऊर्जा, लोक निर्माण विभाग, उद्योग, शहरी विकास तथा सिंचाई र जलसंसाधन विभागको पनि जिम्मेवारी दिइएको छ ।



    उनी पक्राउ पर्नुअघि उनको विषयमा सिबिआइले अनुसन्धान गरेको थियो । आम आद्मीले उनको पक्राउको विरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार