Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठकले गरेका निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सोमबार   पदभार सम्हालेर  नगर कार्यपालिकाको पहिलो बैठक  राखे । नगर कार्यपालिकाको पहिलो बैठकमा मेयर बालेनले ६ वटा प्रस्ताव राखेका थिए। काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनका लागि समिति गठन गरेको छ । महानगरका मेयर बालेन शाहको संयाजकत्वमा समिति गठन गठन गरिएको हो ।

समितिले महानगरको फोहर व्यवस्थापन विकल्प खोज्नुका साथै उचित व्यवस्थापनका विषयमा अध्ययन गर्नेछ । यसैगरी कल सेन्टरकै मातहतमा समस्या समाधानका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि निर्णय गरिएको छ।

यसैगरी ढलको समस्या समाधान गर्ने विषयमा पनि निर्णय गरिएको छ । यसैगरी महानगरमा भएको शौचालयको समस्या समाधानका लागि रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने निर्णय पनि गरिएको छ ।

यसैगरी महानगरबासीको गुनासो सुन्ने कल सेन्टर बनाउने निर्णय पनि गरिएको छ। उक्त कल सेन्टर ७ दिनभित्र बनाउने निर्णय गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077