Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • प्रधानमन्त्री देउवाले भने- निर्मला प्रकरणमा अनुसन्धान जारी छ, हत्यारा कानुनी दायरामा आउँछन्

    प्रधानमन्त्री देउवाले भने- निर्मला प्रकरणमा अनुसन्धान जारी छ, हत्यारा कानुनी दायरामा आउँछन्

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तका हत्यारा कानुनी नियन्त्रणमा आउने बताएका छन् ।

    चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित मूल समारोहको कार्यक्रममा उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाका हत्यारा कानुनी नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका हुन् ।



    प्रधानमन्त्री देउवाले हत्याका दोषी पक्राउ गर्न समय लागे पनि प्रहरीको अनुसन्धान जारी रहेकाले एक दिन हत्यारा कानुनी नियन्त्रणमा आउने बताए ।



    महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैंगिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हक, अधिकार कार्यान्वयनका लागि सक्दो पहल गर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार