Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइन लाइसेन्सका लागि हालसम्म परेका सबै आवेदन रद्द, आज ६ बजेदेखि आवेदन खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले दुईसाता ढिलोगरि सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको छ ।

सोमबार एक सुचना जारी गर्दै विभागले आज(सोमबार) बेलुकी ६ बजेदेखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्स अनलाइन आवेदन खुलाउने भएको हो ।

‘सवारीचालक अनुमति पत्रका लागि हालसम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द गरि जेठ १६ गेत बेलुृका ६ बजेदेखि नयाँ लाइसेन्स आवेदन प्रणाली सुरु हुने भएको छ’ विभागको सूचनामा भनिएको छ ‘जसका लागि applydi.dotm.gov.np मा लागईन गरि नयाँ आवेदन फारम भर्नुहुन अनुरोध छ’ ।

त्यस्तै वर्ग थपको लागि भने अर्को हप्ता सोमबारबाट खुल्ला गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077