Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्राजिलमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो, आपतकाल घोषणा

एजेन्सी । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।

व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको सङ्ख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ । उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ शहर सबैभन्दा बढी प्रभावित भएको छ । उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्थितिको मूल्याङ्कन गर्न सोमबार रेसिफ को भ्रमण गर्ने उनले ट्वीटरमार्फत् प्रेषित एक सन्देशमा जानकारी गराएका छन् ।

छिमेकी राज्य अलागोसमा बाढीका कारण दुई जनाको मृत्यु भएको र करिब सात हजार विस्थापित भएको जनाइएको छ भने अन्य छिमेकी राज्यहरूमा पनि अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोले जनजीवन प्रभावित बनाएको छ । पर्नाम्बुको नौ नगरपालिकामा स्थानीय तहले आपतकालीन अवस्था को घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077