Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • घुमुवालाई हतियारको कारोबारमा खटाउने सशस्त्रका डिआईजीलाई आईजीपीकै संरक्षण !

    घुमुवालाई हतियारको कारोबारमा खटाउने सशस्त्रका डिआईजीलाई आईजीपीकै संरक्षण !

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं। मधेस प्रदेशमा सशस्त्र प्रहरीको अबैध र असुली धन्दा सार्वजनिक हुँदा समेत सशस्त्र प्रहरी बलले कुनै कारवाही गर्न सकेको छैन।

    बर्दिवासस्थित सशस्त्र प्रहरीको बाहिनीबाट बारामा खटिएका चार जना प्रहरी अवैध हतियार किनबेचमा संलग्न भएको खुलेपछि सशस्त्र प्रहरी बलले अब देशभरबाट घुमुवा प्रहरी हटाउन सर्कुलर जारी गरेको छ।



    तर, सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी राजु अर्यालले घुमुवा प्रहरी हटाउन सर्कुलर जारी गरे पनि घुमुवाहरुलाई खटाएर असुली धन्दा चलाउने हाकिमहरुलाई भने कुनै कारवाही गर्न सकेका छैनन।



    हतियारसहित पक्राउ परेका भारतीय नागरिकको बयानका आधारमा  बरिष्ठ हवल्दार अशोक साह, सहायक हवल्दारद्वय आत्माराम पटेल, रत्न सागर झा र जवान सुनिलकुमार यादव अवैध हतियार किनबेचमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ। उनीहरुलाई सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीका प्रमुख तथा डीआईजी गणेश ठाडामगरले लामो समयदेखि परिचालन गर्दै आएका थिए।

    स्रोतका अनुसार यी घुमुवाहरुले सीमावर्ती क्षेत्रमा घुम्दै सुरक्षा तथा अपराध सम्बन्धी सूचना संकलनको नाममा तस्कर तथा व्यापारीसित रकम असुली गरेर डीआईजी ठाडामगरलाई बुझाउँदै आएको खुलेको छ।

    तर, घुमुवाहरुलाई कारवाही गर्न निर्देशन दिए पनि आईजीपी अर्यालले भने डीआईजी ठाडामगरमाथि कुनै ‘एक्सन’ नलिनुलाई अर्यालको कमजोर चेन अफ कमाण्डका रुपमा लिइएको छ।
    सशस्त्रका घुमुवासँगको सेटिङमा भारतबाट पेस्तोल लिएर बारा आउँदै गरेका गिरोहका नाइके लालबाबु कुसहवालाई पेस्तोलसहित बारा प्रहरीले पक्राउ गरेपछि सशस्त्र प्रहरीको गैरकानुनी धन्दा बाहिर आएको हो।

    बारा प्रहरीले कुसहवालाई हतियार सप्लाई गर्ने अरु को–को छन् भनेर केरकार गर्ने क्रममा सशस्त्र प्रहरीका चार जना हवल्दार/सिपाहीको संलग्नता रहेको खुलेको हो। तर, उनीहरु पक्राउको नाटक गर्न जानु अघि नै बारा प्रहरीले कुसहवालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

    यो घटनापछि हतियार सप्लाई गर्ने गरेको आरोपमा सशस्त्र प्रहरी बलका चार जना सिपाही/हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । तर, कारवाहीबाट उम्किन चारै जना जिल्ला सरकारी वकिलको कार्यालयमा हाजिर भएर सुराकीको रुपमा आफूहरु त्यस घटनामा संलग्न भएको बयान दिएका छन्।

    सशस्त्र प्रहरीको सल्लाहमा भारतबाट नेपालमा हतियार पुर्‍याइदिने र त्यसवापत केही पैसा पाउने गरेको पक्राउ परेकाले बयान दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार