काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
जहाजमा चालक दलका ३ सदस्य, यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली थिए । जहाजमा सवार २२ जनाकै मृत्यु भएको घटनास्थलमा खटिएका स्थानीय र प्रहरी जनाएका छन् । अहिले नेपाली सेना, प्रहरी र घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन गरिरहेको छ ।
मृत्यु भएकाहरूको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ । भने दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको बताइएको छ । मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने छ ।
आइतबार बिहान १०ः१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
Leave a Reply