Online Nepal
  • बुधबार, १० पुष २०८१
  • यार्सा टिप्न जानेले देखेका थिए दुर्घटनाग्रस्त जहाज

    विमान दुर्घटनास्थलमा पुग्यो उद्धार टोली, यात्रुहरूको शव नचिनिने अवस्थामा

    विमान दुर्घटनास्थलमा पुग्यो उद्धार टोली, यात्रुहरूको शव नचिनिने अवस्थामा

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आइतबार बिहानदेखि बेपत्ता तारा एयरको जहाज थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । यार्सागुम्बा खोज्न गएकाहरूले जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए ।

    आइतबार बिहानदेखि हराइरहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । नेपाली सेनाले दुर्घटनामा परेको जहाजको तस्बिर सार्वजनिक गरेको छ ।



    जहाज चार हजार मिटर माथि डाँडामा ठोक्किएको अनुमान गरिएको छ । थुसाङ २ का वडाध्यक्ष गौतम शेरचनका अनुसार गाउँभन्दा निकै माथि डाँडामा जहाज ठोक्किएको पाइएको हो । उनले करिब चार हजार मिटर माथि हुन सक्ने अनुमान गरिएको बताए ।



    यस्तै फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको छ । थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् । प्रहरीले शव संकलन गरिरहेको छ ।

    हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको थियो ।

    हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार