काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
खोजी तथा उद्धारका लागि पुगेको नेपाली सेनाको टोलीले सोमबार बिहान मुस्ताङको थुसाङ २मा जहाज दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेको हो ।
खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको नेपाली सेनाले जनाएको छ । तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो ।
तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।
Search and rescue troops have physically located the plane crash site. Details will be followed.
— NASpokesperson (@NaSpokesperson) May 30, 2022
Leave a Reply