Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सम्पर्कविहीन बनेको तारा एयरको जहाज खोज्न बिहानैदेखि प्रहरी र सेना परिचालन

    सम्पर्कविहीन बनेको तारा एयरको जहाज खोज्न बिहानैदेखि प्रहरी र सेना परिचालन

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर जहाजको आज बिहानदेखि पुनः खोजी कार्य थालनी गरिएको छ ।

    मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएको थियो । सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका छन् ।



    खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएन । विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको थियो । फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी गरेका थिए ।



    नेपाली सेनाका अनुसार मानापाथी हिमालको वरपर खोजी कार्य भइरहेको छ । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

    जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार