काठमाडौं । सरकारले सबै प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको छ ।
आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट आयातित र उत्पादित सम्पूर्ण सुर्तीजन्य वस्तुको कर बढेको घोषणा गरेका हुन् ।
स्वास्थ्य जोखिम करको नाममा बिँडी, चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खा, पान मसला लगायतका वस्तुको कर बढाइएको हो ।
मन्त्रालयका अनुसार बिँडीमा प्रति खिली तीस पैसा, चुरोट र सिगारमा प्रति खिली साठी पैसा र तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रति किलो साठी रुपैयाँका दरले कर बढाइएको हो ।
Leave a Reply