Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • स्यानिटरी प्याडमा भन्सार महसुल ९० प्रतिशत छुट गर्ने घोषणा

    स्यानिटरी प्याडमा भन्सार महसुल ९० प्रतिशत छुट गर्ने घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले स्यानिटरी प्याड आयातमा लगाउँदै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।



    नेपालमा नै स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा एक प्रतिशत मात्रै भन्सार महसुल लाग्ने गरी भन्सार दरमा उल्लेखिय छुट दिने व्यवस्था मिलाइएको उनले बताए ।



    सरकारी वा सार्वजनिक निकायले स्वीकृत कार्यक्रमअनुसार वितरण गर्ने स्यानिटरी प्याड अनिर्वाय रूपमा स्वदेशी उत्पादनबाट खरिद गरिएको हुनुपर्ने पनि शर्माको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार