काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहाँ दुर्घटना भएको भन्ने सेनाको टोलीले पनि पत्ता लगाउन सकेको छैन ।
मुस्ताङको घाँसा पोष्टबाट सेनाको पैदल टोली सम्भावित दुर्घनास्थल खोज्दै गएको थियो । त्यस्तै, हेलिकोप्टरबाट पनि सैनिक टोली खोजिमा गएको थियो ।
आइतबार बिहान ९:५५ मा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको थियो । विमान मुस्ताङको लेतेको आसपासमा नौलीकोटमा दुर्घटना भएको आशंका गरिएको थियो ।
रेस्क्यु टोलिसहित दुर्घटनास्थल पत्ता लगाउनका लागि हेलिकोप्टर त्यसतर्फ गएको हो । दुर्घटनास्थल पत्ता लागेमा उद्दार टोलीलाई त्यहीँ झार्नेछ । दुर्घटनास्थलको पुष्टि भएको छैन ।नेपाली सेना पैदलमार्गबाट पनि सम्भावित दुर्घटनास्थल गएको तर दुर्घटनास्थल नभेटिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।
Leave a Reply