Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बस दुर्घटनाहुँदा ८ जनाको मृत्यु, २० जना घाइते

बङ्गलादेश । ढाका बाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु हुनका साथै अन्य २० जना घाइते भएका छन् ।

रातभरको यात्राका क्रममा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएको हुनसक्ने जिल्ला प्रहरी उपरीक्षक मारुफ हुसेनले बताएका छन् ।

उनका अनुसार बसमा रहेका ४२ जनामध्ये २० जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ । घाइते सबैलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको प्रहरी अधिकारीले जानकारी दिँदै दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

गुणस्तरहीन राजमार्ग,सवारी साधनको उचित मर्मतसम्भार अभाव, अयोग्य चालकबाट हुने सवारी नियम उल्लङ्घन र नियमन निकायको फितलो अनुगमनका कारण बङ्गलादेश सडक दुर्घटनामा आफ्ना धेरै नागरिक गुमाउने विश्वका प्रमुख मुलुकहरूमा पर्दछ ।

गैरसरकारी संस्था रोड सेफ्टी फाउन्डेसनले यो महिनाको सुरुमा एक प्रेस विज्ञप्ति जारी गर्दै गत महिना देशभर भएका ४२७ सडक दुर्घटनामा कम्तीमा ५४३ जनाको ज्यान गएको र ६१२ जना घाइते भएका जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077