Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • तारा एअरको विमान मुस्ताङको लार्जुङमा दुर्घटनाग्रस्त

    तारा एअरको विमान मुस्ताङको लार्जुङमा दुर्घटनाग्रस्त

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । तारा एअरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त  भएको छ। नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे।

    मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको कँडेलले बताए । मौसममा खराबीका कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको उनले बताए ।



    तारा एअरको ९रएन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए।



    विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार