काठमाडौँ। गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र नहुने प्रा.डा. लोकराज बराल बताएका छन् । विकल्प भनेको अझ सुदृढ गणतन्त्र रहेको जिकिर गरे ।
उनले सरकारले वार्षिक नीति तथा कार्यक्रममार्फत गणतान्त्रिक प्रणालीलाई मजबुत बनाउनेगरीका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
तर, गणतन्त्रको विकल्प राजतन्त्र भन्दै आएको दल राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ भने कुशासन र भ्रष्टाचार गणतन्त्रमा पनि व्याप्त भएका कारण गणतन्त्रको औचित्य समाप्त भएको दाबी गर्छन् ।
राजतन्त्र र त्यससँग जोडिएका संरचनाको अवशेष भने छैन । संस्थागत रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजतन्त्रको पक्षमा वकालत गर्ने मध्येको ठूलो दल हो ।
Leave a Reply