Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालीको प्रतिव्यक्ति आम्दानी १८ हजार बढ्यो, आर्थिक वृद्धिदर ५.८४ प्रतिशतमा सीमित

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो ।

२०७७/७८ मा प्रतिव्यक्ति आम्दानी वार्षिक एक लाख ४६ हजार ५ सय २१ रूपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा १८ हजार रूपैयाँ बढेको छ।

बढेर प्रतिव्यक्ति आम्दानी एक लाख ६४ हजार ५ सय २१ रूपैयाँ पुगेको अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र भने ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक बृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, सरकारको लक्ष्यअनुसार आर्थिक बृद्धि हुन सकेन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077