Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न वर्षमान पुनको दिर्नेशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन 'अनन्त' ले नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न निर्देशन दिएका छन् ।

पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रममा पुनले राम्रो काम गर्न निर्देशन दिएका हुन् । यदी जनताको अहितमा काम गर्ने र पार्टीलाई बदनाम गर्ने काम गरे जनप्रतिनिधिमाथि कारबाही गरिने समेत उनले चेतावनी दिएका छन् ।

जनप्रतिनिधिले पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने उनले बताए। निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर्ने र हौसला दिने उनको भनाइ थियो।

२०७४ को स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले पार्टी र पार्टीले जनप्रतिनिधि नखोजेको भन्दै अब त्यसरी नचल्ने पुनले बताए। आफ्ना जनप्रतिनिधिलाई अरुको आलोचना र खिस्सीट्युरीमा नअल्झिन सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077