Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • १० दिनभित्र प्रतिवेदन पेश गर्न गृहको निर्देशन

    रोल्पामा कारागारभित्र मृत्यु प्रकरण : घटनाबारे छानविन गर्न पाँच सदस्यीय कार्यदल गठन

    रोल्पामा कारागारभित्र मृत्यु प्रकरण : घटनाबारे छानविन गर्न पाँच सदस्यीय कार्यदल गठन

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृह मन्त्रालयले रोल्पा कारागारमा बन्दी सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेको घटनाबारे छानविन गर्न एक कार्यदल गठन गरेको छ ।

    हरिजनको मृत्युबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ ।



    कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।



    मन्त्रालयले उक्त घटना कसरी घटेको हो र सो सम्बन्धमा के कसो भएको हो भनी स्थलगतरुपमा अध्ययन, अनुसन्धान र छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देश गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार