Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकामा धेरै खेल जित्ने योजना छ : सन्दीप लामिछाने

काठमाडौँ।नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टोलीले अमेरिकामा धेरै खेल जित्ने योजना बनाएको बताएका छन् ।

टिमको सन्तुलन राम्रो भएको र तयारी पनि राम्रो भएका कारण उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको उनले बताए । सन्दीपले लिग टू अन्तर्गत धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि यो सिरिज निकै महत्वपूर्ण रहेको बताए ।

सन्दीपले अघिल्लो चरण पुग्न धेरै चुनौतीहरु रहेको बताए । त्यस्ता चुनौतीहरु सामना गर्न टिम तयार रहेको उनले बताए । पहिले बलियो भएकाले पनि टिमको प्रदर्शनमा सुधार आउने उनको भनाई छ ।

पहिलोपटक शृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो । नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077