Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निजगढ विमानस्थल नबनाउनू भन्ने अदालतको निर्णय विवेकसम्मत भएन : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई विवेकसम्मत नभएको बताएका छन् ।

वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थलसम्बन्धी निर्णय पनि त्यसकै नमूना भएको बताएका हुन् ।पौडेलले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने निर्णयमाथि अदालतले पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तम विकल्प निजगढ विमानस्थल बाहेक अन्य हुन नसक्ने जिकिर गरेका छन् । उनले निजगढ विमानस्थल बनाएपछि काठमाडौँको एयर ट्राफिकमा भएको समस्या पनि समाधान हुने बताए ।

निजगढ विमानस्थल बनाउनका लागि सरकारले अर्बौं रुपैयाँ खर्च गरिसकेको र साथमा काठमाडौंलाई मधेससँग जोड्ने द्रुतमार्गसमेत बनिरहेको भन्दै निजगढ विमानस्थलको अर्को विकल्प निजगढ नै भएको उनको भनाइ थियो । सर्वोच्चले सीमित व्यक्तिहरूले दिएको निवेदनको आधारमा विमानस्थल बनाउन रोक लगाएको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077