काठमाडौँ। नेकपा एमालेका नेता गोकर्ण विष्टले वर्तमान सरकार दीर्घकालिन नीति तथा योजना ल्याउन जाँगर नदेखाएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै विष्टले वर्तमान गठबन्धन सरकारले नीति तथा कार्यक्रममा दीर्घकालिन महत्वको आयोजना समेट्न जाँगर नदेखाएको बताएका हुन् ।
सरकारले युवाहरूलाई देशमै स्वरोजगार बनाउने र यही राख्नेगरी योजना नल्याएको उनले गुनासो पोखे ।
देशका प्रतिभाशाली युवाहरू विकसित देशतर्फ र मध्यमस्तरका युवाहरू अरबी देशहरुमा गइरहेको उनले बताए । जसले गर्दा नेपाली श्रम प्रयोग गरेर अरबका मुरुभूमीहरू विकसित भूमिमा परिवर्तन भइरहेका छन् ।
Leave a Reply