मुगु। मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि आइतबारदेखि प्रवेश खुला हुने भएको छ।
मुगुम कार्मारोङ्ग गाँउपालिकाका विभिन्न क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट आउने सर्वसाधारणलाई जेठ १५ देखि वन प्रवेश खुला गरिने भएको हो।
वन प्रवेशका लागि गाँउपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने प्रमुख प्रशासकीय अधिकृत सुभाष रावलले जानकारी दिए।
जिल्लावासीका लागि प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि दुई हजार ५०० रुपैयाँ कर निर्धारण गरिएको छ।
Leave a Reply