Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • संघीय संसद्को चुनावमा दोस्रो बन्ने रणनीतिमा माओवादी

    संघीय संसद्को चुनावमा दोस्रो बन्ने रणनीतिमा माओवादी

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 765
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको छ।

    वर्तमान सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिएर संघीय संसद्को निर्वाचनमा एमालेभन्दा ठूलो शक्तिको रूपमा उदाउने दाउपेचमा माओवादी लागेको हो। स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका छन्।



    माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका आन्तरिक बैठक र छलफलमा प्रदेशसभा र संघीय प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेससँग मिलेर जानुपर्ने भएकाले एमालेभन्दा ठूलो दलको रूपमा शक्ति आर्जन गर्नेगरी योजना बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिइसकेका छन्। दाहालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई खुमलटारमा भेट्ने क्रममा पनि अहिलेको सत्ता गठबन्धन सफल भएको बताएका छन्।



    त्यतिमात्र होइन, सार्वजनिक कार्यक्रममा पनि उनले वर्तमान सत्ता गठबन्धन सफल भएको बताउँदै कांग्रेसको साथ नछाड्ने संकेत गरेका छन्। ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो।

    मूलभूत रूपमा सत्ता गठबन्धन सफल भएको छ। यो गठबन्धनलाई प्रदेशसभा र संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन तथा त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि अघि बढाउने संकल्प हो। यसमा हामी गठबन्धन दल दृढ छौँ,’ जनप्रतिनिधिसँगको भेटमा दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो। उनले शनिबारदेखि निरन्तर यही कुरा दोहोर्‍याउँदै आएका छन्। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार